जापानले घटायो नेपाल बाट आउनेहरुलाई होटल क्वारेन्टाइन अवधी ।

जापानले ओलम्पिक सकिए लगत्तै बिदेशिहरुको जापान प्रवेशमा केहि खुकुलो पार्ने संकेत देखिएको छ ।यस संगै नेपाल बाट जापान प्रवेश गर्नेहरुको क्वारेन्टाइन अवधी छोट्याइने भएको छ ।

यस अघी १४ दिन होटला मा बस्नुपर्ने क्वारेन्टाइन अवधी लाई घटाएर ६ दिनमा झारिएको छ ।जापान प्रवेशको तेस्रो र छैटौ दिन मा कोरोनाको परिक्षण गरिनेछ,कोरोना पोजिटिभ देखिएमा थप १४ दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । छैटौ दिनको कोरोनाको नतिजा नेगेटिभ देखिएमा घर जान पाइनेछ तर होमक्वारेन्टाइन बस्नु पर्ने नियम भने यथाबतै रहने छ ।

यद्दपि, भारत, श्रीलंका, नेपाल र माल्दिभ्स बाट आउने हरुलाई
विशेष परिस्थिति बाहेक पुन: प्रवेशमा लगाइएको रोक जारी नै राखिने बताइएको छ ।

आशा गरौं नेपाल बायु सेवाले छिटै नियमित रुपमा नारिताको उडान भर्नेछ ।

source : Immigration Services Agency of Japan